एजेन्सी । भारतको अरुणान्चल प्रदेशमा भूकम्प गएको छ । अरुणान्चल प्रदेशको बसारमा मंगलबार बिहान भूकम्प ४ दशमलब ९ म्याग्निच्युडको गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बसारको उत्तरपश्चिम केन्द्र बिन्दु रहेको सो भूकम्पको गहिराई १० किलोमिटर रहेको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् ।
भूकम्प गएपछि स्थानीय मानिस घरबाहिर निस्केका थिए । भूकम्प अरुणान्चल प्रदेशका अन्य जिल्लामा पनि महशुस गरिएको थियो । यसअघि पश्चिम अफगानिस्तानमा भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ माघ २०७८, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प