लागूऔषध ब्राउनसुगरसहित रेष्टुराँबाट चारजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १८ : ३८
लागूऔषध ब्राउनसुगरसहित रेष्टुराँबाट चारजना पक्राउ

कर्णाली । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त रेष्टुराँको क्याबिनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच क्रममा लागूऔषध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ३० वर्षीय भूगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं १० बस्ने १८ वर्षीय युनिस नेपाली र ३ बस्ने १९ वर्षीय पूजा कार्की रहेका छन् ।  चारै जनालाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस