काठमाडौं । नेपालमा क्यासिनो संचालन गरि लाभ लिईरहेका एक विदेशी लगानीकर्ता सरकारलाई रोयल्टी नतिरि भाग्ने चक्करमा लागेपछि संस्कृति नागरिक तथा उडड्यन मन्त्री प्रेमबहादुर आलेको निर्देशन पछि रोकिएका छन् ।
राजधानीमा क्यासिनो संचालन गरिरहेका अमेरिकी नागरिक माइक बोलसोवरलाई नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेपछि अहिले त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएका हुन् । मन्त्री आलेको निर्देशन पछि अहिले उनलाई अध्यागमनले रोकेको छ ।
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए । पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए ।
माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा संचालित क्यासिनो संचालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल संचालन गरेका छन् । पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्वाही अघि बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ माघ २०७८, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण