यस्तै भए कलेज र अस्पताल बन्द गर्छौ : अन्सारी

पत्रपत्रिकाबाट

आइतबार, ०२ माघ २०७८, ०८ : १९
यस्तै भए कलेज र अस्पताल बन्द गर्छौ : अन्सारी

काठमाडौं । निजी मेडिकल र डेन्टल कलेज आबद्ध प्राइभेट मेडिकल कलेज एन्ड डेन्टल कलेज ऐसोसियसन नेपालले संस्थाका महासचिव एवं काठमाडौँ मेडिकल कलेज (केएमसी) का कार्यकारी निर्देशक डा. सुनिल शर्मालाई सरकारले मन्त्रालयमै बोलाएर अभद्र व्यवहार गरेको आरोप लगाएको छ ।

संस्थाका अध्यक्ष बसुरुद्दिन अन्सारीले मन्त्री आफैंले वार्ता गर्न मन्त्रालयमा बोलाउने अनि जिम्मेवार पदाधिकारीमाथि अभद्र व्यवहार गर्ने गतिविधिले गम्भीर अपराध भएको टिप्पणी गरेका छन् ।

उनले श्रृंखलाबद्ध रूपमा मेडिकल कलेज व्यवसायीहरूमाथि भइरहेको आक्रमण रोक्न पटक–पटक राज्यका अंगहरूसँग अनुरोध गरे पनि कुनै सुनुवाई नभएको भन्दै निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब सबै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प नरहेको बताए । नेपाल समाचार पत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस