सरकारले आजदेखि कोरोनाविरुद्धको बुष्टर खोप लगाउदैं

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, ०८ : १०
सरकारले आजदेखि कोरोनाविरुद्धको बुष्टर खोप लगाउदैं

काठमाडौं । आजदेखि सरकारले कोरोनाविरूद्ध बुष्टर मात्रा खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्राचार गर्दै आजदेखि खोप दिन भनेको छ ।

सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र ७७ वटै स्वास्थ्य कार्यालयलाई विभागले पत्राचार गर्दै बुष्टर मात्रा खोप लगाउन भनेको छ ।

गत पुस २८ को मन्त्रीस्तरीय निर्णयबाट माघ २ (आज) देखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको छ । अहिले भने अग्रपंतिमा खटिने व्यक्तिहरूले बुष्टर मात्रा खोप लगाउन पाउनेछन् । माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ । उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ।

प्रतिक्रिया दिनुहोस