सुर्खेतमा आज राती १२ बजेदेखि ‘स्मार्ट लकडाउन’

सफल खबर संवाददाता

शनिबार, ०१ माघ २०७८, १८ : ५०
सुर्खेतमा आज राती १२ बजेदेखि ‘स्मार्ट लकडाउन’

सुर्खेत । सुर्खेतमा शनिबार राती १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ गरिएको छ । सुर्खेत प्रशासनले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो ।

कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी शनिबार राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म ‘स्मार्ट लकडाउन’ को घोषणा गरिएको हो ।

आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार खोप कार्ड मोबाइलमा फोटो भएपनि मान्य हुनेछ भने आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस