पीएम कप : आर्मी र प्रदेश एकले अंक बाँडे

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १२ : ४७
पीएम कप : आर्मी र प्रदेश एकले अंक बाँडे

काठमाडौं । अघिल्लो रात परेको वर्षाका कारण मैदान ओसिलो भएर खेल नै सुरु हुन नसकेपछि त्रिभुवन आर्मी क्लब र प्रदेश एकले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० प्रतियोगितामा अंक बाँडेका छन् । 

बिहीबार मुलपानीमा तय पहिलो खेल सुरु नभएपछि समूह ‘ए’ को खेलमा दुवै टोलीले अंक बाँडेका हुन् । समूह ‘ए’ मा आर्मी तीन खेलबाट तीन अंकसहित दोस्रो स्थानमा छ ।

प्रदेश एकको दुई खेलबाट एक अंक रहेको छ । दुई खेलबाट दुई जितसहित चार अंक बनाएको पुलिस शीर्ष स्थानमा छ । यस्तै कर्णाली दुई अंकसहित तेस्रो स्थानमा छ भने एक खेलबाट कुनै अंक जोड्न नसकेको सुदूरपश्चिम प्रदेश पुछारमा छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस