काठमाडौं । राष्ट्रियसभाको निर्वाचनका साथै स्थानीय तहको निर्वाचनको बारेमा छलफल गर्न निर्वाचन आयोगले शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन, राष्ट्रियसभा निर्वाचनका साथै मतदाता नामावली अद्यावधिक गर्नेबारे परामर्श गर्नका लागि सर्वदलीय बैठक बोलाइएको बताउनुभयो । निर्वाचन कानूनमा आयोगले सरकारलाई परामर्श दिनुपर्ने व्यवस्थाअनुरूप परामर्श दिनुअघि आयोगले दलहरूसँग छलफल गर्न लागेको हो ।
सर्वदलीय बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दललाई उपस्थित हुन आयोगले पत्राचार गरेको जनाएको छ ।आगामी माघ १२ गते राष्ट्रिसभाका १९ सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ भने स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल आगामी जेठ ५ मा सकिँदैछ ।
निर्वाचन ऐनअनुसार उनीहरूको कार्यकाल सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नेपर्ने प्रावधान छ । आयोगका पदाधिकारीहरूले गत पुष ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी वैशाख १४ र २२ मा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ पुस २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली