खाँदबारी । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुगेका छन् ।
पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका हुन् । उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु छन् । उनीहरुलाई एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद नेउपाने, सङ्खुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतले स्वागत गरे ।
खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ पुस २०७८, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता