खाँदबारी । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुगेका छन् ।
पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका हुन् । उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु छन् । उनीहरुलाई एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद नेउपाने, सङ्खुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतले स्वागत गरे ।
खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ पुस २०७८, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधान महाधिवेशनको तयारीमा एमाले: आज जनसंगठनका पदाधिकारीहरूको भेला
सोबिताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : एमाले
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
सरकारको एक वर्षको काम सन्तोषजनक रहेको एमालेको निष्कर्ष