सोमालियाली सेनाको कारबाहीमा २१ अल-शबाब लडाकूको मृत्यु

एजेन्सी

सोमबार, २६ पुस २०७८, १४ : ००
सोमालियाली सेनाको कारबाहीमा २१ अल-शबाब लडाकूको मृत्यु

एजेन्सी । सोमाली राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन्  ।

एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका कमाण्डरसहित चार सैनिक र २१ अल शबाब आतङ्ककारी मारिएका छन् ।  एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाले वीरतापूर्वक आक्रमणलाई असफल गरेको र २१ आतंककारीहरु मारिएका सरकारी स्वामित्व रहेको राष्ट्रिय टेलिभिजनले जनाएको छ । 
 
मध्य र दक्षिणी क्षेत्रहरुमा अल–शबाब लडाकूहरुविरुद्ध सरकारी सेनाहरूद्वारा तीव्र कारबाहीहरु जारी रहेको छ ।  लडाकूहरूले अझै पनि ग्रामीण इलाकाहरू नियन्त्रण गर्ने र एम्बुसहरु थापेर विस्फोट गराउने कामहरु गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस