काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्ट थापाले बुधबार राजधानीमा राप्रपाका नेताहरूको भेला राख्दै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रका विषयमा अभियान चलाउने बताएका हुन्।
राजाको उक्साहटमा अध्यक्ष लिङ्देन सक्रिय भएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर उनले लैजान नसक्ने धारणा राखेका थिए। आफूहरू पार्टी एकताको पक्षमै रहेको दाबी गर्दै त्यसका लागि नेतृत्व तयार नदेखि नयाँ पार्टी स्थापना गरेर पनि जना सकिने बताएका थिए। ‘संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पक्षमा अभियान सञ्चालन गर्ने उहाँ (थापा) ले बताउनुभयो,’ सहभागी एक नेताले भने, ‘होइन राजाले पेल्दै अघि बढे राजतन्त्र बोकेर हिँड्नुपर्छ भन्ने नभएको आसय थियो।’
स्थानीय निर्वाचनअघिको केही समय अभियानका रूपमा सक्रिय हुने बताएका थापाले त्यसपछि आवश्यक परेमा नयाँ पार्टी स्थापना गर्न सकिने बताएको सहभागि एक नेताले बताए। ‘स्थानीय तहको निर्वाचन अघि नयाँ पार्टी खोल्ने उहाँको आश देखिन्छ,’ सहभागि एक नेताले भने, ‘हामी त्यसलाई रोक्न लागि पारेका छौं।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ पुस २०७८, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ