प्रधानमन्त्री देउवा र बिमस्टेक महासचिवबीच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, २१ पुस २०७८, १२ : ३७
प्रधानमन्त्री देउवा र बिमस्टेक महासचिवबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा बिमस्टेक सदस्यको रुपमा नेपालले आगामी कोलम्बो सम्मेलनमा खेल्नुपर्ने भूमिकाबारे चर्चा भएको जनाइएको छ ।महासचिव लेक्फिलले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्दैछन् । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र सार्क महासचिवलाई पनि काठमाडौंमा भेटवार्ता गरेका थिए ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटमा महासचिव लेक्किफलले बिमस्टेक सदस्यको रुपमा नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । जवाफमा मन्त्री खड्काले सन् २०२२ मा हुने सम्मेलनले क्षेत्रीय चासो र आवश्यकता पुरा गर्नसक्ने विश्वास व्यक्त गरेका थिए ।

मंगलबारै ऊर्जामन्त्री पम्फा भुषाल, पर्यटनमन्त्री प्रेमबहादुर आले, परराष्ट्र सचिव भरतराज पौड्याल र वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भएको भेटमा व्यापार, पर्यटन, लगानी र नागरिक तहको सम्बन्धबारे चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस