काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक २५ पुसमा बस्ने भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले मंगलबार सूचना निकाली २५ पुस दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।
यसअघि ५ पुसमा बसेको बैठकले अर्को सूचना जारी बैठकको मिति र समय पछि तोक्ने उल्लेख गरेकाले सोहीअनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोकेका हुन् ।
संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । जसले गर्दा संसद् बैठक प्रभावकारी बन्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान