काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नवर्निवाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा निर्वाचित भएपछि आफूले निकै ठूलो जिम्मेवारी बोकेको महसुस गरेको बताएका छन्।
ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज आयोजित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै उहाँले राष्ट्र र जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । “मैले लामो समय पार्टीको नेतृत्वमा रहेर विभिन्न ऐतिहासिक घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त गरेँ, इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको छु”, उनले भने, “यति धेरै उतारचढावबाट गुज्रेर फेरि पनि सक्रिय नेतृत्वको भूमिकामा रहिरहँदा कहिलेकाहीँ फरक भूमिकामा पनि जानुपर्छ जस्तो लाग्छ, तर पार्टी र देशको अवस्थालाई हेर्दा अझै केही समय सक्रिय रहनुपर्छ भन्ने बाध्यता रहेको मलाई महसुस भइरहेको छ ।”
माओवादी आन्दोलनले इतिहासमा निक्कै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको उल्लेख गर्दै उहाँले आफू नहुँदैमा माओवादी आन्दोलन नसकिने र झन् सक्रिय भएर अगाडि आउने बताए । माओवादीको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिका बीचमा राजनीतिक तथा वैचारिक रूपमा बृहङ्गम रूपमा छलफल भएको बताउँदै उनले केही व्यक्तिको अराजनीतिक टिप्पणी जस्तो हल्का रूपबाट महाधिवशेन सकिएको भन्ने विषयमा भ्रम नपाल्न आग्रह गरे ।
“देशभरीबाट आएका करिब एक हजार ८०० प्रतिनिधिलाई जुन ढङ्गले अपमान गर्न खोजियो”, उनले भने, “जुन महाधिवशेनले सबैभन्दा धेरै देश र जनताका बारेमा बहस र छलफल ग¥यो, जनवादी वहसबाट निष्कर्षमा पु¥यायो, त्यो कसैको आदेशमा चलेको भनेर प्रचार गर्नु यो भन्दा ठूलो बिडम्बना अरु केही हुन्छ ? ” माओवादीलाई क्रान्तिकारी, सर्वाहारा, उत्पीडित जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवशेनबाट ‘क्रमभङ्ग’ गरेको उल्लेख गर्दै उहाँले राष्ट्र र जनताको पक्षमा अगाडि बढाउने विषयमा महाधिवशेनबाट ऐतिहािसक सङ्कल्प लिइएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ पुस २०७८, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीता दाहालको स्मृति दिवसमा प्रचण्डले गरे मानव सेवा आश्रममा सहयोग
राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड
भोटेकोशी बाढी : उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ , त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन् : प्रचण्ड
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड