काठमाडौं । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको देखिएको छ । दुई महिनासम्म दुई मन्त्रीले काम चलाएका छन्। सरकार गठन भएको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।
नेपाली काँंग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसमेत तीन दलीय गठबन्धनमा कर्णाली प्रदेश सरकार बनेको छ। मुख्यमन्त्री जीवनबहादुर शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएयता मुख्यमन्त्री शाहीले दुई मन्त्री मात्रै थपेका छन् ।
अहिलेसम्म सरकारमा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही छन् भने कर्णालीका पाँचवटा मन्त्रालय मन्त्रीविहीन छन्। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ पुस २०७८, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य