मस्को । रुसको प्यासिफिक फ्लीटले गत वर्ष १० भन्दा बढी रकेट परीक्षण फायरिङ गरेको रुसी पूर्वी सैन्य कार्यालयले जानकारी दिएको छ।
प्रवक्ताका अनुसार सन् २०२१ मा प्यासिफिक फ्लीटमा जहाज संरचनाहरूद्वारा १० भन्दा बढी रकेट फायरिङ गरिएको थियो। परीक्षण फायरिङहरूमा रूसको आधुनिक फ्रिगेट मार्शल शापोश्निकोभद्वारा गरिएका दुई अभ्यासहरू समेत समावेश थिए। गत अप्रिलमा फ्रिगेटले जापानको सागरमा कालिब्र क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो।
त्यसैगरी डिसेम्बरमा मार्शल शापोस्निकोभले रुसको सबैभन्दा नयाँ एन्टि-सबमरिन कम्प्लेक्स ओटभेटको मिसाइलले जापानको समुद्रमा लक्ष्यित गरी परीक्षण गरिएको थियो। -एएनआई/स्पुतनिक

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ पुस २०७८, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण