क्विन्टन डी ककले टेष्टबाट लिए संन्यास

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १२ : ५७
क्विन्टन डी ककले टेष्टबाट लिए संन्यास

काठमाडौं । दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । 

सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी ककले ३४ र २१ रन जोडेका थिए । ‘मेरो भविष्य कस्तो हुन्छ भन्नेबारे सोच्न धेरै समय लगाएको छु,’ डी ककले भनेका छन् । दक्षिण अफ्रिकाबाट ५४ अन्तर्राष्ट्रिय टेस्ट खेलेका डी ककले ३३०० रन बनाएका थिए । 

‘भारतविरुद्धको आगामी टेस्टका लागि टोलीलाई शुभकामना । अब हामी एकदिवसीय र टी-२० मा भेट्ने छौं,’ २९ वर्षीय डी ककले भने । 

प्रतिक्रिया दिनुहोस