काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो ।
बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ । बुधबार ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले बिहीबार प्रस्तुत गर्नेछन् ।
जारी बन्दसत्रमा बाँकी समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ । प्रतिवेदनमाथि उठेका जिज्ञास र प्रश्नको बिहीबारै अध्यक्ष प्रचण्डले जवाफ दिने बताइएको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ पुस २०७८, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने