काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बनको गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले हिजो रेग्मीलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो।
अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी माघ ३ गते बोलाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको यही पुस २ गते बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
मन्त्रालयको उक्त निर्णय विरुद्ध रेग्मीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतको उक्त दिएको हो।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ पुस २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने
मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
मधेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
सर्वोच्च र काठमाडौँ जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी दर्ता
आज सर्वोच्चमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ