काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहनुभएका जैमिनी नगरपालिका–१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ पर्नुभएको हो ।
फक्राउपछि कैद लगत कट्टाको लागि जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
गत मङ्सिर ९ गते निसीखोला गाउँपालिका–६ का ३१ वर्षीय टेकबहादुर बुढामगरको हत्या आरोपी उहाँकै श्रीमती २३ वर्षीया मोनिकालाई अनुसन्धानपछि पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ पुस २०७८, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ