अब श्रमिकलाई ७ लाखको बीमा

पत्रपत्रिकाबाट

मंगलबार, १३ पुस २०७८, ०८ : २३
अब श्रमिकलाई ७ लाखको बीमा

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको सात लाख रुपियाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था गर्ने तयारी गरेको हो। 

सो बीमा कार्यक्रम गत वर्षदेखि नै लागू गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराइए पनि एक वर्षको मात्रै भनिएकाले यो वर्ष निर्देशिकामै व्यवस्था गरेर कार्यान्वयनमा ल्याउन लागेको श्रम मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुुराज घिमिरेले जानकारी दिए । 

मन्त्रालयका अनुसार गत वर्ष ३० जनाको बीमा दाबी आएको र अधिकांशको भुुक्तानी भइसकेको छ। निर्र्देशिका संशोधनका लागि मस्यौदा तयार गरेर अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको र निर्णय भएर आउनेबित्तिकै कार्यान्वयनमा आउने उनले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस