माओवादी राष्ट्रिय महाधिवेशन

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, १२ पुस २०७८, १५ : ४८
प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समूहगत छलफलको प्रक्रिया सुरू भएको छ ।

प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । विभिन्न नेताहरूले संयोजन गर्ने गरी प्रदेशगत, जनवर्गीय संगठन र विभागहरू सम्मिलित समूह बनाएर छलफलका लागि स्थानहरू तोकिएको छ ।

प्रतिवेदनमाथि भोलि दिनभर छलफल हुने र बुधबार (पर्सि) समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ ।

समूह, संयोजन गर्ने नेता र स्थानको सूची यसप्रकार छ :

१, ज्येष्ठ क्युनिस्ट मञ्च, एमके प्रसाईं संयाेजक, ठाउँ मञ्च अगाडि ।

२,३ सल्लाहकार कमिटी, संयाेजन नन्दकुमार थापा, मञ्चकाे दायाबाया, १३९ काे आधा आधा विभाजन गरेर दुइटा ।

४, ५ : प्रदेश १ दुई भागमा बाँडेर
हर्क नेम्वाङ संयाेजन, ठाउँ भानुभक्त हल ।

६, ७: प्रदेश २ पारिजात हल, गणेश साह, याे पनि दुई भागमा

८, ९ : लुम्बिनी प्रदेश, चक्रपाणी खनाल, सिद्विचरण हल, पुस्तकालयनेर ।

१०/११ : गण्डकी प्रदेश, गायत्री गुरूङ, पेरिसडाडाकाे माथिल्लो हल ।

१२ : प्रवास समिति लक्ष्मण पन्त, पेरिसडाडा मजदुर हल

१३,१४ : कर्णाली प्रदेश, विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल ।
अर्काे हलमा

१५/१६ : सुदूरपश्चिम, खगराज भट्ट

१७/१८ : केन्द्रीय विभागहरू, माया प्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समुह बनाएर ।

१९ : विशेष प्रदेश, जगत सिंखडा, क्वालिटीमै ।
२०/२१ : सम्पर्क समन्वय प्रदेश, श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२/२३ : बागमती प्रदेश, काठमाडाैं ब्याकेट, सरल सहयात्री

२४: सम्पुर्ण आयाेगहरू, काठमाडौ व्यांकेटमै, संयाेजक विष्णु विकास श्रेष्ठ ।

२५: जबस, माेर्चाका इन्चार्जहरू, केन्द्रीय कार्यालयमा रहेकाे, एकता प्रक्रियामा आएकाहरू याे समुहमा रहने । याे पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयाेजन।

प्रतिक्रिया दिनुहोस