काठमाडौँ । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
राजबिराजबाट काठमाडौंको लाने तयारी गरेको अवस्थमा राखिएको बसको डिकीबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचानाको आधारमा लागुऔषध बरामद र संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको र जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण काफ्लले जानकारी दिए ।
टोलिले राजबिराज नगरपालिका वडा नम्बर २ स्थित गुलाब ग्यारेज अगाडि बस पार्किङ गरी राखेको अवस्थामा चेक जाँच गर्दा उक्त परिणामको लागुऔषध बरामद भएको काफ्लले बताए । बसको डिकिमा बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ८ बस्ने ३६ वर्षीय सञ्जय भुजेल र बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ जाँजर बस्ने २१ वर्षीय अब्दुल रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले एउटा बसबाट नाईटभेट १० लेखिएको ७० पत्ता, २ हजार १ सय ट्यावलेट, एसपीएम पाइरोक्सभेन क्यापसु्ल २ सय ८८ थान र डाइलेक्स डीसी १०० एमेल ३ सय ९९ थान बोतल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका दुई जनालाई लागुऔषध सम्बन्धि कसुरमा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी काफ्लले जानकारी दिए । यस्तै प्रहरीले सप्तरीबाटै खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा सिरहाको लम्मीपुरपताईर गाउँपालिका वडा नम्बर ३ बस्ने २८ वर्षीय प्रमानन्द साह र सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्बर ११ बस्ने २८ वर्षीय दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुलाई प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ स्थित पूर्व–पश्चि लोकमार्ग स्थित कंकालिनी मन्दिर अगाडी चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेको दुबै जनाको साथबाट ब्राउन सुगर ८ ग्राम ५ सय५० मिलि ग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ पुस २०७८, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ