काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसभित्र आपसी सद्भाव र एकतालाई मजबुद बनाउन जरुरी रहेको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित साथीहरुका बीचमा पार्टीलाई थप एकताबद्ध र सुढृढ बनाएर लैजाने जिम्मेवारी रहेको बताए ।
“आगामी निर्वाचनमा पार्टीका नीति र विचारहरु जनतासमक्ष पु¥याउने र निर्वाचनमा जनताको मत जित्ने चुनौती उत्तिकै छ”, उनले भने । वरिष्ठ नेता पौडेलले पार्टीका साथीहरुले ‘रामचन्द्रजी अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन, जोगिएर रहनुपर्छ’ भनेको हुनाले आफू प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेको बताउँदै राजनीतिक यात्राबाट भने विश्राम नलिएको उल्लेख गरे ।
उनले महाधिवेशनबाट विजयी भएका नेताहरुलाई बधाई एवं शुभकामना दिँदै उपविजेतालाई भविष्यको चुनौतीका निम्ति क्रियाशील रहन आग्रह गर्नुभएको छ । नेता पौडेलले आफू जुनसुकै अवस्थामा रहे पनि राष्ट्रमा स्थायित्व, सुशासन, विकास र समतामूलक समाज निर्माणका लागि आफ्नो प्रयत्न जारी राख्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ पुस २०७८, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता