काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको जानकारी दिए । ‘पुनकर्जा स्वीकृत गरेको रकममध्ये ५२ अर्ब यही साता र बाँकी ४० अर्ब पुस महिनाभित्र बैंक तथा वित्तीय संस्थामा पठाइसक्छौं’, उनले भने, ‘यसबाट अहिले बजारमा देखिएको तरलता अभावको समस्या समाधान गर्न केही हल गर्छ ।’
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकमुष्ट रूपमा पुनर्कर्जा उपलब्ध गराएपछि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान गरी यो ऋण उपलब्ध गराउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ पुस २०७८, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट