काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको उपनिर्वाचन नगरी सिधै निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ ।
राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन भने नगरी सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी रहेको हो ।
निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधि सभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छन् । सरकारले छोटो समय मात्रै कार्यकाल बाँकी रहने भएका कारण प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन गर्न नचाहेको खबर राजधानी दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ पुस २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध
प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिने सार्वजनिक बिदा घोषणा
निर्वाचन सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील
निर्वाचन आठ दिन बाँकी: प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
निर्वाचनमा बालबालिका प्रयोग नगर्न र शान्ति सुरक्षा मजबुत बनाउन आयोगको निर्देशन
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु