दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, २० : ५६
दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् । 

देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् । 

निर्वाचन समितिले देउवाले निवेदन दिएको बताएको छ ।  'मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ' निर्वाचन समितिका एक सदस्यले भने । गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस