विद्यालयमै पुगेर बालबालिकालाई मोर्डना खोप लगाइने

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, ०९ : २९
विद्यालयमै पुगेर बालबालिकालाई मोर्डना खोप लगाइने

महोत्तरी । कोभिड–१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महोत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई ७-११ पुसमा खोप लगाइने भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका लागि मोर्डना खोप आइसकेको उनले जनाए ।

६(११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।  जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडारामा  भने १४(१८ पुसमा सामुदयिक विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ । 

खोप लगाउन छुटेका तथा दोस्रो मात्रा लगाउन बाँकीले पनि खोप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको  झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस