राति निद्रा नलाग्ने समस्या छ भने, गर्नुहोस यि योगाहरु

एजेन्सी

शुक्रबार, ०२ पुस २०७८, १३ : २०
राति निद्रा नलाग्ने समस्या छ भने, गर्नुहोस यि योगाहरु

एजेन्सी । निन्द्रा हाम्रो शरीरलाई महत्वपूर्ण छ । अहिलेको युगमा मानिसलाई समयमा सुत्न र उठ्न गाह्रो भएको छ । दिनभरी काम गरेर थाकेको भए पनि राति निन्द्रा लाग्दैन ।

राति निन्द्रा नलाग्नु एउटा समस्या नै भएको छ । राम्रोसँग निन्द्रा नपुग्दा दिमाग र शरीरलाई असर पर्छ । मानिसहरू निदाउन औषधि समेत सेवन गर्दछन् । तर, यसो गर्नु स्वास्थ्यको लागि राम्रो होइन ।

हाम्रो जीवनशैलीका कारण पनि निन्द्रामा समस्या आउन सक्छ । रातिको समयमा ढिला सम्म फोन चलाउनाले गेमहरू खेल्ने बानीले पनि राती निन्द्रा लाग्दैन । राति सुत्नुभन्दा १५ मिनेट अघि प्रयोग गरियो भने निन्द्रा नलाग्ने समस्या बाट छुटकारा पाउन सकिन्छ ।

आश्वासनः यस आसनले तपाईंको स्नायु प्रणालीलाई शान्त बनाउँछ । थकित मांशापेशीलाई आराम मिल्छ । यो आसन गर्नका लागि उतानो सिधा परेर सुत्नुहोस् दुई खुट्टाको बीचमा एक फिटको दुरी बनाउनुहोस् र आरामसँग सास फेर्नुहोस् । पूरै शरीरलाई खुकुलो छोड्नुहोस् ।

बालासनः यो आसनले मनलाई शान्त गराउँछ । यो आसन गर्दा म्याट वज्रासनमा बस्नुहोस् । श्वास फेर्दा दुवै हातलाई टाउको माथि लैजानुहोस् र अगाडी झुक्नुहोस् । सास भित्र लिने र बाहिर फाल्ने क्रममा औंलाहरू जोडेर दुई हत्केलाको बीचमा टाउकोलाई विस्तारै राख्नुहोस् ।

उतानासनः यो आसन नियमित गर्नाले निन्द्रामा फरक देख्नुहुनेछ । यो आसन गर्न सिधा उभिनुहोस् । लामो श्वास लिँदा हात माथितिर लाँदै श्वास छोड्नुहोस् । त्यसपछि हातहरू तल भुईंमा लानुहोस् ।

शलभासनः यो आसन गर्नका लागी घोप्टे परेर सुत्नुहोस् । दुवै हत्केलालाई तिघ्रामुनि राख्नुहोस् । दुवै पैतालालाई जोडेर सिधा बनाउनुहोस् र विस्तारै उठाउने कोसिस गर्नुहोस् । लामो श्वास लिनुहोस् र केहि समयका लागि त्यहि आसनमा बस्नुहोस् ।

प्रतिक्रिया दिनुहोस