बुटवल । रूपन्देहीको लुम्बिनीस्थित बसपार्कका पसलमा आगलागी भएको छ। आगलागीबाट बसपार्कमा रहेका मालापसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको स्थानीय विष्णु बस्नेतले जानकारी दिए।
लुम्बिनी गुरूयोजना क्षेत्रभित्र रहेको बसपार्कमा कसरी आगलागी भयो भन्ने खुलेको छैन। आगलागीबाट झण्डै ७०र७५ लाख बराबरको क्षति भएको आँकलन गरिएको छ।
राति २ बजेबाट लागेको आगो दमकल आउन ढिला हुँदा डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए। आगलागीपछि तत्कालै लुम्बिनी सांस्कृतिक नगरपालिकामा दमकलका लागि फोन गरे पनि दमकल नआएपछि भैरहवाबाट गएको दमकलले आगो निभाएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति