बुटवल । रूपन्देहीको लुम्बिनीस्थित बसपार्कका पसलमा आगलागी भएको छ। आगलागीबाट बसपार्कमा रहेका मालापसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको स्थानीय विष्णु बस्नेतले जानकारी दिए।
लुम्बिनी गुरूयोजना क्षेत्रभित्र रहेको बसपार्कमा कसरी आगलागी भयो भन्ने खुलेको छैन। आगलागीबाट झण्डै ७०र७५ लाख बराबरको क्षति भएको आँकलन गरिएको छ।
राति २ बजेबाट लागेको आगो दमकल आउन ढिला हुँदा डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए। आगलागीपछि तत्कालै लुम्बिनी सांस्कृतिक नगरपालिकामा दमकलका लागि फोन गरे पनि दमकल नआएपछि भैरहवाबाट गएको दमकलले आगो निभाएको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता