एजेन्सी । बेलायतमा पछिल्लो दुई दिनयता दैनिक कोरोना सङ्क्रमितको सङ्ख्याले नयाँ रेकर्ड कायम गर्दै ९० हजारको हाराहरिमा पुगेको छ । एक साताभित्र सङ्क्रमण दर ७४ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।
बुधबार दैनिक सङ्क्रमण ७८ हजार भन्दा बढी रहेकोमा आज बिहीबार सङ्क्रमित सङ्ख्या बढेर ८८ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८८ हजार ३७६ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या महामारीयताकै उच्च हो । यसअघि गत जनवरीमा लकडाउन जारी रहँदा सबैभन्दा उच्च सङ्क्रमित सङ्ख्या ६८ हजार पुगेको थियो ।
योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दश लाख ९७ हजार ८५१ पुगेको छ। बेलायतमा एक सातामा चार लाख ४२ हजार भन्दा बढी सङ्क्रमित थापिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
क्रिसमसको समय नजिकिँदै गर्दा कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेपछि यस पटक पनि जनमानसमा क्रिसमसमा लकडाउन हुन्छ भन्ने त्रास बढेको छ । तर, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने लकडाउन हुने सम्भावना न्यून रहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ पुस २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ