चितवन । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए ।
बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा
काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण
भैरहवा उडेको जहाजमा समस्या देखिएपछि फर्काइयो काठमाडौँ
भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या
काठमाडौँ उड्न लागेको बुद्ध एयरमा मुसा देखियो, प्राविधिक टोली जनकपुरतर्फ
तुम्लिङटारमा बुद्ध एयरको एटीआर–७२ विमानको परीक्षण उडान सफल