आज कति छ डलरको भाउ ?

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, ११ : १५
आज कति छ डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६८ पैसा र बिक्री दर १२२ रुपैयाँ २८ पैसा कायम गरेको छ । 

युरोपियन यूरो एकको खरिद दर १३७ रुपैयाँ १८ पैसा र बिक्री दर १३७ रुपैयाँ ८५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ३२ पैसा र बिक्री दर १६२ रुपैयाँ ११ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७५ पैसा र बिक्री दर ८७ रुपैयाँ १८ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ रहेको छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ७० पैसा र बिक्री दर १० रुपैयाँ ७५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४३ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९१ पैसा  छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ २५ पैसा र बिक्रि दर १० रुपैयाँ ३० पैसा कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस