धनराज गुरूङसंग दुई मतले हारे विजयकुमार गच्छदार

पत्रपत्रिकाबाट

विहीबार, ०१ पुस २०७८, ०८ : २८
धनराज गुरूङसंग दुई मतले हारे विजयकुमार गच्छदार

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस