महिला यू-१९ साफ च्याम्पियनसिपः नेपाल र श्रीलंका भिड्दै

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, १३ : १७
महिला यू-१९ साफ च्याम्पियनसिपः नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले यू–१९ साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा घरेलु टोली बंगालादेशसँग गोलरहित बराबरी खेलको नेपाल आजको खेलमा श्रीलंकाविरुद्ध जित निकाल्ने दाउमा छ । राउन्ड रोविन पद्दतिमा हुने च्यापम्पियनसिपमा शीर्ष दुई टोलीले पुष ७ गते फाइनल खेल्नेछन् ।

नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा एक अंक जोडेको नेपाल तालिकामा चौथो स्थानमा छ । यस्तै, बंगलादेश २ खेलबाट ४ अंकसहित दोस्रो, भारत १ खेलबाट तीन अंक जोड्दै दोस्रो, भुटान २ खेलबाट तीन अंक जोडर तेस्रो तथा जितबिहिन श्रीलंका तालिकाको पुछारमा छ । नेपालले आगामी खेलमा पुष २ गते भुटान र पुष ४ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यू-१९ नेपाली टोली : 

गोलरक्षक : अन्जना राना मगर, अन्किता राई, सावित्री किसन

डिफेण्डर :  मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ

मिडफिल्डर : सुस्मा तामाङ, हिमा रावत, दीपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई

फरवार्ड : अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा

प्रतिक्रिया दिनुहोस