काठमाडौं । महालक्ष्मी विकास बैंक सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । धुम्रबराह माध्यामीक विद्यालयमा संचालित उक्त शिविरमा प्रमुखत कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निस्शुल्क परिक्षण गरिएको हो । यस निःशुल्क स्वास्थ्य शिविरबाट करिव १०० जना लाभन्वीत भएको कुरा बैंकले जनाएको छ ।
कोरोना भाईरस नियन्त्रणका लागीे केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने हेतुले उक्त कार्याक्रम आयोजना गरीएको सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले जानकारी गराए । साथै का.म.न.पा. वडा नं. ४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले बैंकको कामको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर