काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतरबाट शेखर कोइरालाको नेतृत्वमा टीम तयार भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेसँगै शेखरको नेतृत्वमा प्यानल बनेको हो ।
सभापतिको दाबेदार रहेका शेखर कोइरालाको टीमको उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ समेटिएका छन् । महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाममा सहमति भइसकेको छ भने सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, आदिवासी जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे र थारुबाट तेजुलाल चौधरी रहने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल