बुटवल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनको खतरा रहेको चेतावनी दिएका छन् ।
शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहनु पर्ने बताए ।
इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उनको भनाइ छ।
उनले समाजमा दलाल पुँजीवाद हावी भएको र कतिपय दलहरू त्यसैमा रमाइरहेको बताएका नेता नेपालले दलाल पुँजीवाद हटाएर समाजवाद स्थापना गर्ने आफ्नो दलको अभिभारा रहेको र यस अभिभारा पूरा गरेरै छाड्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा