काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शनिबारदेखि शुरू हुँदैछ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर स्थायी कमिटी र पोलिब्यूरो गठनसम्बन्धी निर्णय लिने कार्यसूची छ ।
आइतवारसम्म चल्ने बैठक भक्तपुर जिल्लाको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिवार बिहान ११ बजे शुरू हुने पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
बैठकमा निर्धारित १५ एजेन्डामा छलफल हुने उनले बताए । कार्यसूचीमा केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरूको कार्यविभाजन लगायत राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत