दैनिक  उपभोग्य वस्तुको मूल्यवृद्धि आकाशियो

पत्रपत्रिकाबाट

शनिबार, २५ मंसिर २०७८, ०७ : ४०
दैनिक  उपभोग्य वस्तुको मूल्यवृद्धि आकाशियो

काठमाडौं । दैनिक  उपभोग्य वस्तु  महँगो  हुँदा यसको  प्रत्यक्ष  मारमा  सर्वसाधारण उपभोक्ता  परेका  छन्। पछिल्लो  समयमा  दैनिक उपभोग्य  वस्तुको  मूल्य  आकाशिए  पनि  त्यो  मूल्य वृद्धि वास्तविक हो वा कृत्रिम स्पष्ट हुनसकेको छैन ।

मूल्य वृद्धि कृत्रिम भएको  धेरै सरोकारवालाको  दाबी  छ।  प्रत्यक्ष  सम्पर्क  खुद्रा व्यापारीसँग  भएकाले  उपभोक्ता  खुद्रा  पसलेलाई लगाउँछन् तर खुद्रा व्यापारी भने उद्योगबाटै मूल्य बढेर आएको दाबी गर्छन्। नेपाल  खुद्रा  व्यापार  सङ्घका  कार्यवाहक अध्यक्ष  अमुल  तुलाधरले  पछिल्लो  समयमा  घिउ, तेल, चिनी, गेडागुडी महँगिएको बताए ।  पछिल्लो पटक  त  उत्पादक  उद्योगी  वा  थोक  व्यापारीबाट सामानको मूल्य तिरेअनुसार बिलबिजकसमेत आफूले प्राप्त गर्न नसकेको उनको भनाइ छ। 

नेपाल  राष्ट्र  बैङ्कले  सार्वजनिक  गरेको पछिल्लो   तीन   महिनाको   प्रतिवेदनमा   पनि खाद्यवस्तुुको  मूल्य  वृद्धि  ३१  दशमलव  ६८ प्रतिशतसम्म  भएको  तथ्याङ्क  सार्वजनिक  गरेको छ। राष्ट्र बैङ्कका अनुसार चालुू आर्थिक वर्षको साउन–असोजमा  घिउ,  तेल  मूल्य  ३१  दशमलव ६८ प्रतिशत बढेको छ।

सो प्रतिवेदनअनुसार माछा मासु ११ दशमलव ९५ प्रतिशत, दाल गेडागुडी १० दशमलव  ७१  प्रतिशत  र  गैरमदिराजन्य  पदार्थ  ९ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस