भारतमा एकै दिन १७ जनामा देखियो ‘ओमिक्रोन’ संक्रमण

एजेन्सी

सोमबार, २० मंसिर २०७८, ०८ : ४९
भारतमा एकै दिन १७ जनामा देखियो ‘ओमिक्रोन’ संक्रमण

काठमाडौँ । भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा ९ र महाराष्ट्रमा ८ जनामा ओमिक्रोन देखिएको हो ।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट फर्केका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो ।

यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो । अहिलेसम्म अमेरिका, अस्ट्रेलिया, बेलायत र नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस