पुस्तान्तरण कांग्रेस र एमालेले राप्रपाबाट सिक्नुपर्छ : अध्यक्ष लिङ्देन

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, १९ : १३
पुस्तान्तरण कांग्रेस र एमालेले राप्रपाबाट सिक्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न अन्य दललाई आग्रह गरेको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित सपथग्रहण समारोहमा उनले नेपाली कांग्रेस र एमालेलाई पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न आग्रह गरेका हुन्।

‘किन राजनीतिक दलहरु बारम्बार फुटिराख्छन् यसको खोजी गर्दा राजनीतिक पार्टीको विधान र देशको संविधानमा समेत नेतृत्व हस्तान्तरणको व्यवस्था छैन। त्यसैले स्वभाविकले पनि टिकिराख्न वा नेतृत्वमा बसिराख्न मन लाग्छ,’ उनले भने।

उनले पुस्तान्तरणको कुरा कांग्रेस एमालेमा उठे पनि त्यो सफल नभएको बताए। ‘पुस्तान्तरणको कुरा कांग्रेसएमालेमा उठ्यो तर, सफल भएन। राप्रपामा हुने नेतृत्व हस्तान्तरणले अन्य पार्टीलाई पनि छोयो होला,’ उनले भने। अध्यक्ष लिङ्देनले आफूहरुसँग इमान्दारिता र निष्ठाको कमी नभएको बताए। ‘हामीलाई श्रद्धय कमल थापाको उतिकै खाँचो छ। विचारलाई जीवन्त राख्न उहाँको सक्रियतालाई कहिल्यै पनि बिर्सिन सकिँदैन। उहाँको योगदानको खाँचो अहिले पनि छ, उनले भने।

प्रतिक्रिया दिनुहोस