कोरोना अपडेट: २०५ जनामा संक्रमण पुष्टि , ४३६ जना डिस्चार्ज

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, १६ : ०४
कोरोना अपडेट:  २०५ जनामा संक्रमण पुष्टि , ४३६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज २०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आरटी-पीसीआर विधिबाट ७ हजार ९९५ जनाको परीक्षण हुँदा २०० र एन्टीजेन विधिबाट २ हजार ७५२ परीक्षण हुँदा ५ जनामा संक्रमण देखिएको हा ।मन्त्रालयले आइतबार ४३६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै थप १ जनाको मृत्यु भएको छ । देशभरी आइतबार ६ हजार ५०७ जना कोरोना भाइरसका सक्रिय संक्र,मित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस