काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले ‘बा’ पार्टी भएको र ‘बा’ नभन्नेको त्यहाँ पत्तासाप हुने बताएका छन् । शुक्रबार एकीकृत समाजवादी निकट ‘प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन’को पहिलो प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले चितवनमा एमालेको दशौँ महाधिवेशनमा देखिएको तमासाले विद्रोह ठीक भएको पुष्टि गरेको दाबी गरे।
एमालेमा अब केपी ओलीलाई ‘बा’ भनेर वरिपरि घुम्नेको मात्रै भविष्य भएको टिप्पणी गरे। ‘चितवनको तमासाले विद्रोह ठीक छ भन्ने पुष्टि गर्यो। एमाले अब ‘बा’ पार्टी हो। ‘बा’ नभन्नेको त्यहाँ पत्तासाप हुन्छ । त्यहाँ बस्नु भनेको केपी ओलीको टाङ्मुनि छिर्नु हो। हामीले ठीक गर्यौँ।’ ओलीले सबैलाई हेप्ने, इज्जत प्रतिष्ठा कसैलाई नदिने संस्कार सिकाइरहेको नेपालको आरोप थियो। नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनाव गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन अन्योलमा रहेको खुलासा गरेका छन्।
आउँदो माघमा हुने राष्ट्रियसभाको चुनावपछि रिक्त रहेका प्रतिनिधिसभाका चार र प्रदेशसभाका १८ स्थानमा उपचुनाव हुने बताइए पनि सत्ता गठबन्धनभित्रै उक्त चुनावबारे ठोस धारणा नरहेको सार्वजनिक गरेका हुन्। अध्यक्ष नेपालले भने, ‘उपचुनाव गर्ने कि नगर्ने भन्ने अन्योल छ। हामी निर्णयमा पुगिसकेका छैनौँ। जम्मा एक वर्षका लागि मात्रै हो। त्यति अवधिका लागि उम्मेदवार र सरकारको खर्च किन गर्ने भन्ने छ।’ दुई दिनसम्म चल्ने शिक्षकहरुको राष्ट्रिय सम्मेलन शनिबार सकिँदैछ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु