दाेलखा । दोलखामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धुँवाले निसास्सियर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले भने घटनाको विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण थाहा हुने बताएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ मंसिर २०७८, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा सुत्केरी मृत फेला
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला