काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली बुधबारदेखि कार्यान्वयनमा आउन लागेको हो । नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।
पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि नियमित इजलास बसेको थिएन ।
पहिलो पटक गोला प्रणालीबाट पेसी तोकिन लागेको हो । अहिले सर्वोच्च अदालतको दैनिक पेसी सूची प्रधानन्यायाधीशले तोक्ने अभ्यास छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ । ‘अटोमेसन’मा नजाँदासम्म गोला प्रणालीबाट पेसी व्यवस्थापन हुनेछ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले गोला प्रणालीका लागि सम्पूर्ण तयारी पूरा भएको जनाए। ढकालले भने, “गोला प्रणाली लागूबारे सबै तयारी भइसकेको छ । अहिले साप्ताहिक पेसी सूची प्रकाशन भइसकेको छ । जसबाट भोलिका लागि पेसी तय भएका मुद्दामा गोला हालिनेछ । कार्यविधिलगायतका सबै तयारी भइसकेको छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ मंसिर २०७८, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार
रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन