मोम्चो कथासङ्ग्रह प्रकाशन

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, ०८ : ४४
मोम्चो कथासङ्ग्रह प्रकाशन

काठमाण्डौ । पत्रकार वसन्त पराजुलीको  कथासङ्ग्रह मोम्चो प्रकाशनमा आएको छ । भूडि पुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा ११ वटा कथाहरु रहेका प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए ।

डेड वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको मोम्चो दोस्रो कथासङ्ग्रह हो । उनको पहिलो कथासङ्ग्रह कुमाता डेड वर्ष अघि प्रकाशनमा आएको थियो । यो अहिले तेस्रो संस्करणमा छ । 

मोम्चो  चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । पत्रकार तथा कथाकार पराजुलीले मोम्चो खास गरी नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठान गरिएको कृति भएको बताएे । 

 “यस कृतिमा रहेका  ११ वटा कथाहरु मध्ये मोम्चो शीर्ष कथा हो जसको नामवाट कृतिको नाम नै राखिएको छ”, पराजुलीले भने, “मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।”

यहि मङ्सिर १९ गते गैँडाकोट स्थित द नारायणी रिसोर्टमा अक्षर समूह चितवनको आयोजनामा  विशेष कार्यक्रमका विच सो कृतिको विमोचन हुदै छ । विमोचनमा कृति माथि वरिष्ठ साहित्यकार  श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समिक्षा गर्नुहुने कार्यक्रम तय भएको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस