चितवन । एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए।
चुनावी परिणामले भने रावललाई केन्द्रीय सदस्यमा विजयी गराएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको पनि नाम थियो ।
एमाले प्रतिनिधहरुले अध्यक्षमा भोट नदिए पनि केन्द्रीय सदस्यमा उनलाई भोट दिएका छन् । तर, रावल आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै नदिएको बताइरहेका छन् ।
उनले भने, ‘महाधिवेशनका विविध पक्षको विवेचना म काठमाडौंमा गएर गर्नेछु । तर, जुन वातावरणमा मैले जति मत प्राप्त गरेको छु, त्यसलाई महत्वपूर्णरुपमा लिएको छु ।’ उनले भने । रावलले आफू केन्द्रीय कमिटी सदस्य नरहेको बताए । निर्वाचन आयोगलाई आफूले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको जानकारी गराएको भन्दै उनले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदारी नै दिएको छैन भने कसरी निर्वाचित हुन सक्छु ?’ पार्टीका कमिटीमा नबसीकन अब कसरी काम गर्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘सोचौंला नि भोलीदेखि ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै