चितवन । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको बताएका छन् । उनले नामहरू टुंगो लागेको बताएका छन् ।
सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुंगो लगाएपछि एमाले नेता पौडेल दोस्रोचोटी नामावली प्रिन्ट गर्न रिसेप्सनमा झरेका थिए । दिउँसोजस्तै नाम प्रिन्ट गरेर उनी अध्यक्ष ओलीलाई देखाउने माथ्लो तल्लामा चढेका छन् ।
प्रिन्ट गरिएको कागजमा अध्यक्ष ‘केपी शर्मा ओली’ लेखिएको छ भने उपाध्यक्ष खाली राखिएको छ । केन्द्रीय सदस्यहरुको नाम प्रिन्ट गर्न झरेका पौडेलले सहमति जुटेको बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने