चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।
उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताएका हुन् । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।
पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ । तर रावलले भने आफू उम्मेदवारीवाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै